ब्यास नगरपालिका –१२ भड्खाला स्थित श्री मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीका लागि झोला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम आइताबार सम्पन्न भएको छ । ब्यास–३ निवासी हाल हङकङ वासिन्दा समाजसेवि मोहन बतास द्वारा स्थापना गरेको मोहन बतास फाउन्डेसन नामक सस्थाले ब्यास–१२ भड्खाला श्री मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक रुपमा पीछडिएका बिपन्न समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि फाउन्डेसनले २० जना बालवालिकालागि संस्थाले शैक्षिक सामाग्री झोला, कापी, कलम लगायतका शैक्षिक सामाग्री बितरण गरेको संस्थाका सचिव सर्जन थापाले जानकारी दिनु भयो ।
फाउन्डेसनका अध्यक्ष श्री ओम राज श्रेष्ठले मोहन बतास एक सहयोगी भावना बोकेका ब्यक्तिको कारण धेरै ब्यक्ति सस्था तथा बिपन्न समूदायलाई सहयोग गर्दै आएकोले आफू अध्यक्ष हुन पाएकोमा गर्वको महसुस रहेको साथै बतास प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो । प्रधानाध्यापक सुनिता देवकोटाले बिधालय ब्यास नगर पालिकाबाट दूरिले एक दम नजिक रहेरता पनि भौतिकरुपमा कमि साथै शैकषिक सामाग्री, खेलकुद सामाग्री नभएको बेला सस्थाले आफ्नो बिद्यालय छनोट गरि गरिब र झोला बिहिन बिद्यार्थीप्रती ठुलो तेवा मिलेको बताउनु भएको थियो ।